काठमाडौं । रुद्रमती (धोबीखोला) नदी किनारास्थित देवीनगर क्षेत्रका अव्यवस्थित तथा जोखिमयुक्त बस्ती हटाउने क्रममा निस्किएको निर्माणजन्य सामग्रीको व्यवस्थापन कार्य काठमाडौं महानगरपालिकाले गरिरहेको छ।
नदी किनाराको अतिक्रमण हटाउने अभियानअन्तर्गत संरचना हटाउँदा उत्पन्न भएका इँटा, ढुंगा, फलाम, काठलगायत निर्माण सामग्रीलाई व्यवस्थित रूपमा संकलन, वर्गीकरण तथा व्यवस्थापन गर्ने काम भइरहेको महानगरले जनाएको छ।
महानगरले नदी किनाराको क्षेत्रलाई सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले जोखिमयुक्त बस्ती हटाउने कार्यलाई निरन्तरता दिएको छ। यस क्रममा निस्कने निर्माणजन्य फोहोर तथा सामग्रीको उचित व्यवस्थापन गरी वातावरणीय प्रभाव न्यूनीकरण गर्न समेत ध्यान दिइएको बताइएको छ।
देवीनगर क्षेत्रमा सञ्चालन भइरहेको यो अभियान नदी संरक्षण, बाढी जोखिम न्यूनीकरण तथा सार्वजनिक जग्गाको संरक्षणसँग समेत जोडिएको महानगरको भनाइ छ।

















प्रतिक्रिया