असारको तेस्रो सातादेखि भूमिहीनलाई जग्गा वितरण


काठमाडौं । सरकारले असारको तेस्रो सातादेखि भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने तयारी गरेको छ। पहिलो चरणमा बर्दियाबाट जग्गा वितरण कार्यक्रम सुरु गरिने भएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सङ्घीय मामिला र सामान्य प्रशासनसँगको समन्वयमा लगत संकलन सम्पन्न भएका जिल्लाहरूमा जग्गा वितरण प्रक्रिया अघि बढाइएको जनाइएको छ।

सरकारका अनुसार बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुर लगायत जिल्लामा पनि भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराइने तयारी भइरहेको छ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले सरकारले यो कार्यक्रम कार्यान्वयन गर्न लागेको हो। जग्गा वितरणका लागि आवश्यक लगत संकलन, प्रमाणीकरण र प्रशासनिक प्रक्रिया पूरा भएका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताइएको छ।