आईजीपी कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन उद्घाटन


काठमाडौं l दान कार्कीको प्रमुख आतिथ्यमा आज काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको आयोजनामा प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन, २०८३ को समुद्घाटन गरिएको छ।

सम्मेलनमा काठमाडौँ उपत्यकाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा प्रहरी कार्यसम्पादनको समीक्षा गर्दै आगामी रणनीति र कार्ययोजनाबारे छलफल गरिएको थियो।

कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी कार्की, प्रहरी प्रधान कार्यालयका कार्य विभाग प्रमुख एआईजी उमा चतुर्वेदी तथा उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रहरी प्रमुखहरू एवं मातहत कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।

सम्मेलनले प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि, अपराध नियन्त्रणलाई थप सुदृढ बनाउने तथा नागरिकमैत्री सुरक्षा व्यवस्थालाई मजबुत बनाउने विषयमा केन्द्रित रही आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।