रास्वपा महाधिवेशन: कोशी प्रदेशमा निशा मेहता सर्वाधिक मतसहित निर्वाचित


भरतपुर । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार कोशी प्रदेशतर्फ निशा मेहताले सर्वाधिक १,८६१ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी छन्।

यसैगरी, पूर्व प्रहरी प्रमुख विश्वराज पोखरेल १,४६० मतसहित दोस्रो स्थानमा रहेका छन् भने शोभा कार्कीले १,२०४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी छन्।

महाधिवेशनमा विभिन्न प्रदेश र क्लस्टरतर्फका केन्द्रीय सदस्यहरूको मतगणना जारी रहेको र क्रमशः नतिजा सार्वजनिक भइरहेको छ। कोशी प्रदेशको नतिजाले उक्त प्रदेशमा निशा मेहताप्रति प्रतिनिधिहरूको बलियो समर्थन रहेको संकेत गरेको छ।