काठमाडौं । जेनजी आन्दोलनपछि देशका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिने भएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा शीर्ष नेताहरूको संयुक्त सहभागिता हुने भएको हो।
मदन भण्डारी फाउन्डेसनले असार १४ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी आयोजना गर्ने जनाएको छ।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
त्यस्तै, वक्ताका रूपमा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल तथा उपेन्द्र यादव सहभागी हुने कार्यक्रम रहेको छ।
विभिन्न राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरू एउटै कार्यक्रममा सहभागी हुन लागेकाले यस गोष्ठीलाई राजनीतिक रूपमा पनि चासोका साथ हेरिएको छ।

















प्रतिक्रिया