काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीमा फसेका एक युवकको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।
हिजो बिहान करिब ८:३० बजे खोलामा आएको बाढीका बेला बगेर आएका दाउरा निकाल्ने क्रममा गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्क स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–१७ रानीगञ्ज बस्दै आएका ३१ वर्षीय गोरखबहादुर विक बाढीमा फसेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलको संयुक्त उद्धार टोली घटनास्थल पुगेको थियो। टोलीले तत्काल उद्धार अभियान सञ्चालन गर्दै गोरखबहादुरलाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया