काठमाडौं । बाँकेको कोहलपुरमा आफ्नै दाइको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–४ गोहवाका २० वर्षीय विनोद चौधरी रहेका छन्। उनीमाथि आफ्नै २५ वर्षीय दाइ मनोज चौधरीको कुटपिट गरी हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार राति घटना गराएर फरार भएका विनोदलाई इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट मदनचोकबाट खटिएको टोलीले सोमबार बिहान कोहलपुर नगरपालिका–१५ गोहवाबाट पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया