सगरमाथा बेस क्याम्प जाने क्रममा लेक लागेका फ्रान्सेली नागरिकको नेपाली सेनाद्वारा उद्धार


सोलु । सगरमाथा बेस क्याम्पतर्फ जाने क्रममा खुम्बु पासाङल्हामु गाउँपालिका–४, पाङ्बुचे क्षेत्रमा लेक (उच्च हिमाली क्षेत्रमा हुने स्वास्थ्य समस्या) लागेर बिरामी भएका एक फ्रान्सेली नागरिकको नेपाली सेनाले सफल उद्धार गरेको छ।

नेपाली सेनाको भगवती प्रसाद गुल्मबाट खटिएको उद्धार टोलीले बिरामीलाई सुरक्षित रूपमा उद्धार गरी थप उपचारका लागि नाम्चेस्थित कम्युनिटी अस्पताल पुर्‍याएको जनाएको छ।

उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने क्रममा लेक लाग्ने जोखिम उच्च हुने भएकाले आवश्यक सावधानी अपनाउन तथा स्वास्थ्यमा समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्था वा उद्धार निकायसँग सम्पर्क गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।