काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधन गरिने भए महिलाको प्रतिनिधित्व ५० प्रतिशत सुनिश्चित गर्नुपर्ने बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान संशोधनका नाममा प्रदेश खारेज गर्ने विषय उठाइनु उचित नभएको टिप्पणी गरे।
‘यदि संविधान संशोधन गर्ने हो भने अहिले संविधानमा सुनिश्चित गरिएको एकतिहाइ महिलाको अधिकारलाई बढाएर ५० प्रतिशत पुर्याइनुपर्छ,’ उनले भने।
सांसद राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने आफ्नो माग पनि पुनः दोहोर्याए। उनले राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकार स्पष्ट र जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे।

















प्रतिक्रिया