काठमाडौं । सरकारले कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दै मंगलबार देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालभरका सबै सरकारी कार्यालयका साथै कतारस्थित नेपाली राजदूतावासमा पनि राष्ट्रिय झन्डा आधा झुकाइनेछ।
सरकारले पूर्वअमिर अल थानीप्रति सम्मान व्यक्त गर्दै उक्त निर्णय गरेको जनाएको छ।
शेख हमिद बिन खालिफा अल थानीको कार्यकालमा नेपाली नागरिकका लागि कतारमा रोजगारीका अवसर उल्लेखनीय रूपमा विस्तार भएको मानिन्छ। कतार नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य बन्नुमा उनको शासनकाललाई महत्वपूर्ण मानिने भएकाले नेपाल सरकारले राष्ट्रिय शोकस्वरूप झन्डा आधा झुकाउने निर्णय गरेको हो।


















प्रतिक्रिया