व्यवसायी शंकर लाल अग्रवाल पक्राउ


काठमाडौं । व्यवसायी शंकर लाल अग्रवाललाई नेपाल प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो।

सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। उनी प्रतिष्ठित व्यावसायिक समूह शंकर ग्रुपका अध्यक्ष हुन्।

सीआईबीले अनुसन्धान गरिरहेको कर्जा दुरुपयोगसम्बन्धी मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन रहेको छ। पक्राउपछि अग्रवाललाई आवश्यक कानुनी प्रक्रियाका लागि उच्च अदालत पाटनमा उपस्थित गराइने सीआईबीले जनाएको छ।

यसअघि पनि अग्रवाल २०८२ चैतमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा पक्राउ परेका थिए। सो मुद्दामा उनी पछि रिहा भएका थिए।

हाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेपछि उनीमाथि अदालतको आदेशअनुसार थप कानुनी प्रक्रिया अघि बढाइने भएको छ।