काठमाडौं । काठमाडौँ र धादिङलाई जोड्ने नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब रु. २९ अर्ब लागतमा निर्माण सम्पन्न भएको यो आयोजना शिलान्यास भएको करिब ७ वर्षपछि सञ्चालनमा आउन लागेको हो।
नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको यस आयोजनाले काठमाडौँ–धादिङ आवतजावतलाई थप सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा सडकखण्डमा हुने लामो ट्राफिक जाम कम हुनुका साथै यात्रा समय र इन्धन खर्चमा समेत कमी आउने विश्वास गरिएको छ।
यो आयोजना नेपाल सरकार र जापान सरकारको सहकार्यमा निर्माण गरिएको हो। सुरुङमार्ग सञ्चालनसँगै राजधानी प्रवेश र बाहिरिने सवारी व्यवस्थापनमा सुधार आउने तथा आर्थिक गतिविधि र व्यापारिक ढुवानीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


















प्रतिक्रिया