काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु ४ हजार ३०० ले घटेको छ भने चाँदीको मूल्य पनि रु १३५ ले कमी आएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८४ हजार २०० कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला रु ४ हजार ३१० निर्धारण गरिएको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनको प्रभाव स्थानीय बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ। मूल्य घटेसँगै सुन खरिद गर्ने उपभोक्ताको चासो बढ्ने अपेक्षा गरिएको छ।


















प्रतिक्रिया