प्रधानमन्त्री बालेनले देशबासीका नाममा सम्बोधन गर्दै


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम, समसामयिक राष्ट्रिय विषय तथा सरकारका आगामी कदमबारे देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

विशेषगरी पछिल्ला सुरक्षा चुनौती, शान्ति–सुव्यवस्थाको अवस्था तथा राष्ट्रिय एकता र सामाजिक सद्भावसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। पछिल्ला घटनाक्रमका बीच प्रधानमन्त्रीको यो सम्बोधनलाई चासोका साथ हेरिएको छ। सरकारले सम्बोधनमार्फत वर्तमान परिस्थितिबारे आफ्नो आधिकारिक धारणा र आगामी कार्ययोजनासमेत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।