काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा समसामयिक राजनीतिक विषय, प्रदेशका विकासका प्राथमिकता तथा समग्र समसामयिक अवस्थाबारे विचारविमर्श भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँगको भेटमा सांसद ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी रहेका छन्।
छलफलका क्रममा सुदूरपश्चिम प्रदेशसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा सांसदहरूले आफ्ना धारणा राखेका छन् भने प्रधानमन्त्री शाहले सरकारको प्राथमिकता र आगामी कार्ययोजनाबारे जानकारी गराएको सचिवालयले जनाएको छ।



















प्रतिक्रिया