काठमाडौं – राष्ट्रिय सभामा दिएको अभिव्यक्तिपछि आलोचनामा परेका गृहमन्त्री सुधन गुरुङले आफ्नो बोल्ने शैली उपयुक्त नभएको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका छन्।
बुधबार राष्ट्रिय सभा बैठकमा विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा निर्मला पन्त हत्याकाण्डको विषय उठेपछि गुरुङले ‘मलाई निर्मला पन्तको विषयमा प्रश्न नगर्नुस्’ भन्दै रोष्ट्रमबाटै कडा प्रतिक्रिया दिएका थिए। उक्त अभिव्यक्तिको व्यापक आलोचना भएपछि उनले सोही बैठकमै आफ्नो भनाइप्रति क्षमायाचना गरेका हुन्।
सांसदहरूलाई सम्बोधन गर्दै उनले भने, हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ। सिक्दै जानेछौं। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। यसका लागि म क्षमाप्रार्थी छु, हजुरहरूसँग माफी माग्न चाहन्छु।
गुरुङले विपद् व्यवस्थापनको विषयमा छलफल भइरहेका बेला निर्मला पन्त हत्याकाण्डको प्रसंग जोडिएकाले आफूले विषयकेन्द्रित हुन आग्रह गरेको बताए। उनले विपद् व्यवस्थापन र निर्मला पन्त हत्याकाण्डबीच प्रत्यक्ष सम्बन्ध नभएको उल्लेख गर्दै छलफल मूल विषयमै केन्द्रित हुनुपर्ने धारणा राखे।



















प्रतिक्रिया