काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारपछि साउन २६ गते स्वदेश फर्किने भएका छन्।
हङकङमा रहेका देउवा साउन २६ गते राति ९:४५ बजे काठमाडौं आइपुग्ने तयारी रहेको उनीनिकट नेता प्रकाशशरण महतले जानकारी दिएका छन्।
यद्यपि, देउवाका स्वकीय सचिव भानु देउवाले फर्किने मिति अन्तिम रूपमा तय नभएको बताएका छन्। उनका अनुसार देउवा साउन २६ वा २८ गतेमध्ये कुनै एक दिन नेपाल फर्किन सक्नेछन्, तर मिति अझै निश्चित भइसकेको छैन।
देउवा स्वास्थ्य उपचारका लागि २०८२ फागुन १३ गते सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि चैत ७ गते हङकङ पुगेका थिए। अहिले उपचार प्रक्रिया सम्पन्न भएपछि उनी स्वदेश फर्किने तयारीमा रहेका छन्।



















प्रतिक्रिया