एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन भाग्यशाली विजेतालाई सुनको बल


काठमाडौं – एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सफलतापूर्वक सम्पन्न गरेको छ ।

अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो ।

अभियानका पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा र तेस्रो विजेता सबिना थापालाई जनही ३.५ तोला सुनको गोल्डेन बल प्रदान गरिएको छ ।

विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘स्क्यानमा सुन’ अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ । एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरू लक्की ड्रमा सहभागी भएका थिए ।

पुरस्कार ग्रहणपछि तीनै जना विजेताले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै नवीन, आकर्षक तथा उपभोक्तामुखी अभियान सञ्चालन हुने अपेक्षा व्यक्त गरे ।

सोही समारोहमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रको नतिजासमेत सार्वजनिक गरिएको थियो । उक्त योजनाअन्तर्गत समिर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेता घोषित भएका छन् ।

एक्सट्रिम इनर्जी ड्रिंकले उपभोक्ताबाट प्राप्त उत्साहजनक सहभागिता र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सिर्जनात्मक, प्रविधिमैत्री तथा उपभोक्तामुखी अभियान सञ्चालन गर्दै नेपाली उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाली बजारमा युवा पुस्तामाझ लोकप्रिय इनर्जी ड्रिंक ब्रान्डका रूपमा स्थापित हुँदै आएको एक्सट्रिम इनर्जी ड्रिंकले खेलकुद, मनोरञ्जन तथा उपभोक्ता सहभागितामूलक अभियानमार्फत आफ्ना ग्राहकसँगको सम्बन्धलाई थप सशक्त बनाउँदै आएको जनाएको छ ।