ग्यास लिन घण्टौँ लाइनमा उपभोक्ता, बसुन्धरामा देखियो यस्तो दृश्य


काठमाडौं । को बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका उपभोक्ताको ठूलो भीड देखिएको छ। ग्यास खरिदका लागि उपभोक्ताहरू सिलिन्डर बोकेर बसुन्धरास्थित राधास्वामी परिसर पुगेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीमार्फत राधास्वामी परिसरबाट विभिन्न ब्रान्डका ग्यास बिक्री तथा वितरण भइरहेको छ।

उक्त परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ब्रान्डका ग्यास वितरण भइरहेको जनाइएको छ। ग्यासको अभावका कारण उपभोक्ताहरू लामो समयसम्म लाइनमा बसेर ग्यास खरिद गर्न बाध्य भएका छन् ।

ग्यास लिन बिहानैदेखि उपभोक्ताहरू सिलिन्डर बोकेर राधास्वामी परिसरमा पुगेपछि परिसरमा भीड बढेको हो।