काठमाडौँ । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा हिजबुल्लाहका वरिष्ठ कमान्डर अबु हसन अलाले मारिएको दाबी इजरायली सेनाले गरेको छ।
इजरायली सेनाका अनुसार अलाले इजरायली सैनिकमाथि भएका विभिन्न आक्रमणको योजना तथा कार्यान्वयनमा भूमिका खेलेका थिए। विशेषगरी विस्फोटक ड्रोन प्रयोग गरी गरिएका आक्रमणमा समेत उनको संलग्नता रहेको सेनाको दाबी छ।
यसअघि शनिबार दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। मृतकमध्ये महिला र बालबालिका समेत रहेको बताइएको छ।
इजरायलले हिजबुल्लाहले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै जवाफी कारबाही गरेको जनाएको छ। शनिबारको आक्रमणमा हिजबुल्लाहका एक बटालियन कमान्डरसहित अन्य व्यक्तिहरू मारिएको इजरायली सेनाले दाबी गरेको थियो।





















प्रतिक्रिया