भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौं आइपुगे


काठमाडौं । भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौं आइपुगेका छन्। नेपाल भ्रमणका क्रममा उनी आइतबार काठमाडौं आएका हुन्।

जनरल सेठलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

नेपाल भ्रमणका क्रममा जनरल सेठले नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देललगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले द्विपक्षीय सैन्य सहकार्य र आपसी हितका विषयमा छलफल गर्ने बताइएको छ।

भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ।