नागपञ्चमी पर्व आज मनाइँदै


काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ। यस अवसरमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर पूजा गर्ने प्रचलन छ।

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो।

धार्मिक विश्वासअनुसार नागको तस्वीर घरको मूलढोकामा टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीलगायतका जीवबाट हुने दुःखबाट बच्न सकिन्छ। साथै अग्नि, मेघ तथा चट्याङको भयबाट समेत सुरक्षा मिल्ने विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन्।