प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन सभामुखको रुलिङ


काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा बैठकमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीका नियम ५६, ५७, ५८ र ५९ बमोजिम सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन्।

सभामुख अर्यालले भने, ‘प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु।’

सभामुखको रुलिङपछि प्रतिपक्षी सांसदहरू आ–आफ्नो आसनमा बसेका थिए।