चितवनबाट पर्सा पुग्यो नियन्त्रणमा लिइएको बाघ


काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको करिब चार वर्षको भाले बाघलाई खोर अभावका कारण पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ।

राप्ती नगरपालिका–१ मा देखिएको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको थियो। चितवनका खोरमा अहिले सात वटा बाघ रहेकाले थप बाघ राख्न ठाउँ अभाव भएको निकुञ्जले जनाएको छ। पछिल्लो गणनाअनुसार चितवनमा १४५ वटा बाघ छन्।