काठमाडौं । टोखामा भएको लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवलदार कृष्णबहादुर शाही पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शाही र सिन्धुपाल्चोकका जीवन घतानी विकलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट १ लाख २३ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले सस्तोमा खसीबोका मिलाइदिने भन्दै एक व्यक्तिलाई टोखा बोलाएर लुटपाट गरेका थिए । पीडितले २५ लाख रुपैयाँ लुटिएको दाबी गरे पनि उक्त रकम पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा शाही अस्पताल जाने बहाना बनाएर कार्यालयबाट निस्किएर लुटपाटमा सहभागी भएको खुलेको छ । दुवैजनाविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।






















प्रतिक्रिया