स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ कोखेबाट प्रहरीले ७ थान भरुवा बन्दुकसहित बन्दुक बनाउने सामग्री बरामद गरेको छ।
वालिङ नगरपालिका–१२ कोखे बस्ने करिब १८ वर्षीय विराज वि.क.को घरमा बिना अनुमति अवैध रूपमा भरुवा बन्दुक लुकाइछिपाई राखिएको भन्ने गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा मर्मत गर्दै गरेको अवस्थामा ७ थान बेसाबुत भरुवा बन्दुक, भरुवा बन्दुकका नाल ३ थान र भरुवा बन्दुकको फ्रेम बनाउने डाई १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीबारे आवश्यक अनुसन्धान तथा घटनामा संलग्न व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















प्रतिक्रिया