वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कुनै पनि प्रकारको आर्थिक वा अन्य सहयोग गर्ने देशले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानलाई सहयोग गर्ने वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायविरुद्ध कडा आर्थिक कारबाही गर्ने बताएका हुन्। यद्यपि उनले कस्ता ठोस कदम चालिने र कुन–कुन देश लक्षित हुने भन्ने खुलाएका छैनन्।
इरान युद्धका कारण खाडी क्षेत्रमा तनाव बढ्नुका साथै महत्वपूर्ण तेल ढुवानी मार्ग स्टेट अफ होर्मुज प्रभावित भएको छ। यसले विश्व बजारमा तेल आपूर्तिमा समेत असर पारेको छ।
यसैबीच, इरानका अधिकारीहरूले सैन्य दबाब र प्रतिबन्धबाट आफ्नो अडान कमजोर नहुने बताएका छन्। इरानले अमेरिकासँग संवादका लागि आफू खुला रहेको जनाए पनि वार्तालाई आत्मसमर्पणका रूपमा स्वीकार नगर्ने स्पष्ट पारेको छ।
ट्रम्पले भने इरानसँग थप कडा आणविक सम्झौता गर्नुपर्ने अडान राख्दै आएका छन्।






















प्रतिक्रिया