काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद्माथि वैदेशिक सहायता र एनजीओ/आईएनजीओको रकम प्रभावकारी रूपमा अनुगमन नगरेको आरोप लगाएका छन्।
सार्वजनिक लेखा समितिको छलफलमा उनले दलित, गरिब तथा सीमान्तकृत समुदायका नाममा आउने वैदेशिक सहयोग लक्षित वर्गसम्म नपुगेको दाबी गरे। कार्यक्रम, तालिम र प्रशासनिक खर्चका नाममा रकम खर्च भए पनि त्यसको प्रत्यक्ष प्रभाव नदेखिएको उनको भनाइ छ।
सुनारले वैदेशिक सहायता, अनुदान तथा ऋणको प्रभावकारी लेखापरीक्षण गर्नुपर्ने र ठूला पूर्वाधार आयोजनाको उपयोगिता तथा आर्थिक प्रतिफलसमेत मूल्यांकन गर्नुपर्ने माग गरे।






















प्रतिक्रिया