काठमाडौँ । घोराही उपमहानगरपालिका–७, बेसाहीमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बुधबार साँझ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा.१ त ३७०९ नम्बरको ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ह १९२९ नम्बरको अटो ठोक्किएका थिए।
दुर्घटनामा घाइते अटो चालक घोराही–५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा मेडिकल कलेज, कोहलपुरमा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेको अवस्था मध्यम रहेको छ।
प्रहरीले ट्याक्टर र चालक घोराही–१७ भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।






















प्रतिक्रिया