बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्तिको प्रक्रिया अघि बढ्यो


हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन्।

प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनका लागि आवश्यक प्रक्रिया अघि बढाएका हुन्। थापा मगरलाई मुख्यमन्त्री नियुक्त गरिएसँगै बागमती प्रदेशमा नयाँ सरकार गठन हुने बाटो खुल्नेछ।

मुख्यमन्त्री नियुक्तिपछि उनले प्रदेश सरकार गठन तथा मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढाउनेछन्। थप प्रक्रिया प्रदेश प्रमुखको निर्णयअनुसार अगाडि बढ्नेछ। सोही आह्वानअनुसार ३ भदाैमा थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्न नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी तीन दलको समर्थनसहितको दाबी पेस परेको हाे ।