काठमाडौं । दुर्गा प्रसाईं समूहले सरकारसमक्ष ऋणीलाई उन्मुक्तिदेखि हिन्दु राष्ट्र स्थापनासम्मका विभिन्न माग अघि सारेको छ। समूहले आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब बढाउँदै १२ बुँदे एजेन्डा सार्वजनिक गरेको हो।
समूहले वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई राहत तथा उन्मुक्ति दिनुपर्ने, बैंक तथा वित्तीय संस्थासम्बन्धी नीतिमा सुधार गर्नुपर्ने लगायतका माग अघि सारेको जनाएको छ।
त्यस्तै, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग पनि समूहको एजेन्डामा समेटिएको छ। समूहले देशको वर्तमान राजनीतिक तथा आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।
दुर्गा प्रसाईं समूहले मन्त्रिपरिषद् आफ्ना मागबारे ठोस निर्णय नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएको छ। समूहले माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने संकेत गरेको छ।
समूहले अघि सारेका १२ बुँदे मागमा आर्थिक, राजनीतिक तथा सामाजिक विषयसँग सम्बन्धित विभिन्न मागहरू समेटिएका छन्। सरकारको आगामी निर्णय र प्रतिक्रियाले आन्दोलनको दिशा तय गर्ने देखिएको छ।






















प्रतिक्रिया