काठमाडौँ । गरिमा चौधरीको हत्याको विरोधमा सिमरामा स्थानीयले प्रदर्शन गरेका छन्। हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका हुन्।
प्रदर्शनमा सहभागी स्थानीयले गरिमा चौधरीलाई न्याय दिनुपर्ने, घटनाको निष्पक्ष अनुसन्धान गर्नुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
हत्याको घटनापछि स्थानीय आक्रोशित बनेका छन्। उनीहरूले प्रहरी प्रशासनले घटनालाई गम्भीरतापूर्वक लिएर दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने बताएका छन्।
प्रदर्शनका क्रममा स्थानीयले विभिन्न नाराबाजी गर्दै प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन्। घटनालाई लिएर सिमरामा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ।






















प्रतिक्रिया