काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज (शुक्रबार) मुस्ताङ जाने भएका छन्। प्रधानमन्त्री शाह पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने तयारी रहेको बताइएको छ।
प्रधानमन्त्रीसँगै उनका केही सल्लाहकार तथा सहयोगीसमेत मुस्ताङ जाने तयारीमा रहेको बताइएको छ। यद्यपि, प्रधानमन्त्री शाह कतिबेला मुस्ताङका लागि प्रस्थान गर्ने भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणको उद्देश्य तथा त्यहाँ हुने कार्यक्रमबारे पनि हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन।






















प्रतिक्रिया