काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडामा स्थानीयवासीले भोग्दै आएका सडक, दुर्गन्ध तथा अव्यवस्थित फोहोर व्यवस्थापनका समस्या समाधानका लागि छलफल भएको छ।
नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलबीच भएको छलफलमा बञ्चरेडाँडाको समग्र व्यवस्थापनबारे छलफल भएको हो।
छलफलमा सडक स्तरोन्नति, फोहोरको प्रभावकारी क्यापिङ, स्रोतमै फोहोर वर्गीकरण तथा २१ वटै स्थानीय तहको साझा जिम्मेवारीमार्फत बञ्चरेडाँडाको दिगो र वैज्ञानिक व्यवस्थापन अघि बढाउने विषयमा जोड दिइएको छ।
स्थानीयवासीका समस्या समाधान नगरी केवल फोहोर विसर्जनलाई मात्र प्राथमिकता दिँदा दीर्घकालीन समस्या समाधान नहुने भन्दै फोहोर व्यवस्थापनसँगै प्रभावित क्षेत्रका पूर्वाधार र जनजीवन सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।






















प्रतिक्रिया