जिप दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते


जाजरकोट । नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

भदौ ४ गते साँझ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते नलगाड–१० का २५ वर्षीय बालकृष्ण बोहराको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य ६ जना घाइतेको उपचार भइरहेको छ।

दुर्घटनापछि फरार चालक २४ वर्षीय विनबहादुर विकलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।