काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमाको बजेट नघटाइएको स्पष्ट पारेका छन्। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष स्वास्थ्य बीमाको बजेट ५ अर्ब रुपैयाँ बढाएर १५ अर्ब रुपैयाँ पुर्याइएको छ।
रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा बोल्दै वाग्लेले स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेको बताए।
यस्तै, चेक बाउन्सलगायत कारणले अनजानमा कालोसूचीमा परेका उद्यमीलाई राहत दिन सरकार र राष्ट्र बैंकले पहल थालेको उनले जानकारी दिए। उनका अनुसार करिब १ लाख ७० हजार उद्यमी आर्थिक समस्यामा परेका छन्।
‘कालोसूचीको दुष्चक्रमा अन्जानमा फसेकालाई कसरी राहत दिने भन्नेमा राष्ट्र बैंकले द्रुत गतिमा काम गरोस् भनेर निर्देशन दिएको छु,’ वाग्लेले भने।






















प्रतिक्रिया