पाकिस्तानी  पूर्वप्रधानमन्त्री को स्वास्थ्य जाँचपछि फेरि जेल यात्रा


इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान स्वास्थ्य परीक्षणपछि पुनः जेल फर्किएका छन् । शुक्रबार बिहान निजी अस्पतालमा नेत्र, मुटु तथा अन्य स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले उनलाई ‘मेडिकली फिट’ घोषणा गरेका थिए ।

परिवारले खानको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै दिएको निवेदनमा सर्वोच्च अदालतले ४८ घन्टाभित्र स्वास्थ्य परीक्षण गराउन सरकारलाई आदेश दिएको थियो । सोही आदेशपछि उनलाई अस्पताल लगिएको थियो ।

अदालतले खानलाई परिवारका सदस्यसँग भेट्नसमेत अनुमति दिन आदेश दिएको थियो । लामो समयपछि उनकी बहिनी आजमा खानले मंगलबार राति उनलाई जेलमै भेटेकी थिइन् ।