चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ६० प्रतिशत काम सम्पन्न भएको छ । पछिल्लो समय निर्माणले गति लिएसँगै रंगशालाका मुख्य संरचनाहरू धमाधम तयार भइरहेका छन् ।गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
चारवटा प्यारापिटमध्ये तीनवटाको ढलान सकिएको छ भने चौथो प्यारापिट ढलानको तयारीमा छ । खेलाडी तथा विशिष्ट पाहुनाका लागि बनाइएका दुई टावरमध्ये एउटाको फिनिसिङ भइरहेको छ भने अर्कोको अन्तिम ढलान सम्पन्न भएको छ ।
मैदानमा पाइप बिछ्याउने तयारीसँगै सडक, ढल तथा कम्पाउन्ड निर्माणको कामसमेत अघि बढेको छ । अहिले दैनिक करिब १०० मजदुर निर्माणमा खटिएका छन् ।
हिमालयन–कालिन्चोक–बिबीआर जेभीले ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा रंगशाला निर्माणको ठेक्का लिएको हो । रंगशालामा १५ हजार दर्शक क्षमताको प्यारापिट, दुईवटा तीनतले भीआईपी टावर र अन्तर्राष्ट्रियस्तरको खेलमैदान निर्माण हुनेछ ।
लामो समयदेखि रोकिँदै आएको परियोजनाले गति लिएपछि रंगशाला निर्माण सम्पन्न हुने आशा बढेको छ ।






















प्रतिक्रिया