पोखरा । परिवारका सदस्यसहित निजी भ्रमणका लागि शुक्रबार (भदौ ५) पोखरा आएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शनिबार मुस्ताङतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै मुस्ताङतर्फ प्रस्थान गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्रीको भ्रमणसम्बन्धी विस्तृत विवरण भने आफूलाई जानकारी छैन।
प्रधानमन्त्री शाहले मुस्ताङमा प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।





















प्रतिक्रिया