बाढीको अवस्था बुझ्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ प्रस्थान


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाहले नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ।

बाढीबाट भएको क्षति तथा उद्धार कार्यको अवस्थाबारे स्थलगत जानकारी लिएर आवश्यक राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने तयारीसमेत रहेको जनाइएको छ।