काठमाडौँ । गायिका रचना रिमालले अस्ट्रेलियाका विभिन्न सहरमा आयोजना हुने तीज विशेष कार्यक्रमहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेकी छन् । नेपालमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै उनले यस्तो निर्णय गरेकी हुन् ।
तीज विशेष कार्यक्रमका लागि केही दिनअघि अस्ट्रेलिया पुगेकी रचनाले देश विपत्तिमा परेका बेला आफूले उत्सव मनाउँदै नाच्नु–नचाउनु उचित नहुने भन्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जानकारी दिएकी छन् ।
नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै उनले यो कठिन अवस्थामा सबै नेपाली एकजुट भएर पीडितको साथमा उभिनुपर्ने बताएकी छन् ।
‘देशमा विपत्ति परेको बेला तीज कार्यक्रम गरेर नाच्नु र नचाउनु राम्रो होइन’ भन्ने भावनासहित उनले तत्कालका लागि आफ्ना सबै तीज कार्यक्रम स्थगित गरेकी हुन् ।
रचनाले नेपालमा रहेका सबैलाई सुरक्षित रहन आग्रह गर्दै विपत्तिको यस घडीमा संयमित र सतर्क रहन अनुरोधसमेत गरेकी छन् ।
उनले अर्को सूचना जारी नभएसम्म अस्ट्रेलियामा तय भएका तीज विशेष कार्यक्रमहरू स्थगित रहने स्पष्ट पारेकी छन् ।:::






















प्रतिक्रिया