काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ६२ वटा शव नवलपुरस्थित नारायणी नदी किनारमा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार फेला परेका शवमा २६ पुरुष, १६ महिला, ३ बालक, ७ बालिका र ९ जनाको लिङ्ग पहिचान हुन सकेको छैन ।
हाल शवहरू पालिकास्तरका अस्पतालमा राखिएको छ भने पहिचान तथा व्यवस्थापनका लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै पनि शवको पहिचान खुलेको छैन ।
प्रहरीले बिहानैदेखि टोली परिचालन गरी नारायणी किनारमा शव खोजी तथा सङ्कलनको काम तीव्र बनाएको छ ।






















प्रतिक्रिया