काठमाडौँ । भारत सरकारले भोटेकोशी बाढी प्रभावितका लागि दोस्रो चरणको राहत सामग्री नेपाल पठाएको छ ।
भारतका विदेशमन्त्री एस. जयशंकरका अनुसार ३७.५ टन मानवीय सहायता, विपद् राहत सामग्री र औषधिसहितको सामग्री बोकेको भारतीय विमान नेपालका लागि उडेको हो ।
यसअघि बुधबार भारतले १० टन राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाउँदै विदेशमन्त्री जयशंकरले संकटको यस घडीमा नेपालमा जारी राहत तथा उद्धार कार्यमा भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।






















प्रतिक्रिया