चीनबाट आयो दुःखद खबर: २० लाख घनमिटर पानी जम्मा भएको तालबाट बाहिरिन थाल्यो पानी


चीनको जलस्रोत मन्त्रालयले भन्यो: नेपालको केरुङ क्षेत्रमा ठूलो ताल बनेको छ। आज बिहानसम्म त्यो तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ। अहिले तालबाट पानी बाहिरिन थालेको छ। यसले ताल फुट्ने जोखिम बढाएको छ। तिब्बतबाट उत्पत्ति भएका छोचेन र पुरेपू खोला नेपालको सीमापारि आपसमा मिसिन्छन्। तर त्यही खोला बग्दै आएपछि नेपालतिर भोटेकोशी नामले चिनिन्छ। भोटेकोशी नै त्रिशूली नदीको मुख्य माथिल्लो शाखा हो। जलस्रोत मन्त्रालयले तालको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको छ। यो खबर चीनको ग्लोबल टाइम्स पत्रिकाले छापेको हो।