रसुवाको बाढीमा फसेका २७ विदेशी पर्यटकको उद्धार, सूची सार्वजनिक


काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा फसेका २७ विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार टिमुरे र भोटेकोशी क्षेत्रमा अलपत्र परेका पर्यटकलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा उद्धार गरिएको हो ।

उद्धार गरिएकामा ११ भारतीय, ८ चिनियाँ, ४ दक्षिण कोरियाली, २ इटालियन र २ अमेरिकी नागरिक रहेका छन् ।

बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा अझै बेपत्ता तथा जोखिममा रहेका पर्यटक र यात्रुको खोजी तथा उद्धार जारी रहेको बोर्डले जनाएको छ ।