काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विपद्पछिको उद्धार, राहत र शव पहिचानका लागि मित्रराष्ट्रहरूसँग प्राविधिक सहयोग मागिएको बताएका छन्।
उनका अनुसार पहिचान हुन नसकेका शवको डीएनए परीक्षण र फरेन्सिक रिपोर्टिङका लागि विदेशी सहयोग आवश्यक परेको छ। दुर्गम क्षेत्रमा औषधि र खाद्यान्न पुर्याउन हेभी लोड लिफ्ट ड्रोनको सहयोगसमेत मागिएको उनले बताए।
बाढी–पहिरोले ४० भन्दा बढी पुल र सडकमा क्षति पुर्याउँदा राहत ढुवानीमा चुनौती थपिएको छ। प्रारम्भिक विवरणअनुसार करिब १५ हजार घर र ४२ पुलमा क्षति पुगेको मन्त्री खनालले जानकारी दिए।
उनले उद्धार कार्यलाई प्राथमिकता दिइएको र त्यसपछि राहत, पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइने बताए।





















प्रतिक्रिया