रसुवा । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कबिर महर्जन र सञ्जय शाहलाई नेपाली सेना र प्रहरीले शुक्रबार जीवितै उद्धार गरेको छ।
उद्धारमा संलग्न नेपाली सेनाका सेनानी गङ्गा बरालका अनुसार उद्धार टोली सुरुङभित्र उनीहरू रहेको स्थानभन्दा करिब ५०–६० मिटर नजिक पुगेपछि फसेकाहरूले उद्धारकर्ताको आवाज सुनेका थिए।
उनीहरूले ‘हामी छौँ’ भनेर प्रतिक्रिया दिएपछि उद्धार टोलीले नआत्तिन आग्रह गरेको थियो। त्यसको करिब डेढ घण्टापछि दुवै जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको बरालले बताए।
उद्धारपछि भने उनीहरू केही समय बोल्न सकेनन् र एक्कासि भक्कानिएर रोएका थिए।
बरालका अनुसार नेपाल विद्युत् प्राधिकरणको तथ्यांकमा सुरुङको ‘होल एरिया’मा अझै ४० देखि ५० जना मानिस रहेको जानकारी छ। त्यसैले सुरुङभित्र अझै मानिस फसेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको उनले बताए।



















प्रतिक्रिया