काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ।

टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १६.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो।

यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनले दिएको लक्ष्य पछ्याएको सुदूरपश्चिमले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै सहज जित निकालेको हो।

यस जितसँगै सुदूरपश्चिम रोयल्सले एनपीएल सिजन–३ मा अर्को महत्त्वपूर्ण सफलता हात पारेको छ।


















प्रतिक्रिया