काठमाडौँ । असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिङ्गे दाउ २’ ले प्रचारप्रसारका लागि नेपाल यातायातसँग सहकार्य गरेको छ।
सहकार्यअनुसार नेपाल यातायातका ८० वटा बसका सिट कभरमा दुईवटा क्यूआर कोड राखिएका छन्। एउटा क्यूआर कोडमार्फत फिल्मको टिजर हेर्न सकिनेछ भने अर्कोबाट क्युएफएक्सका हलमा फिल्मको टिकट काट्न सकिने व्यवस्था गरिएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, सरोज खनाललगायत कलाकारको अभिनय छ।



















प्रतिक्रिया