अनियन्त्रित स्कारपियो दुर्घटनामा पर्दा पाँच जनाको मृ-त्यु


गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका तीन जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिएका छन् ।

दुर्घटना भएको स्थान कालीगण्डकी करिडोरअन्तर्गत पर्ने दबौखानी क्षेत्रमा रहेको छ । दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेहरूको पहिचानबारे प्रहरीले थप जानकारी सार्वजनिक गर्न बाँकी छ ।